विश्वप्रकाशको प्रश्न : मान्छे मारिएको घटनामा पूर्वराजाले बोल्नुपर्छ कि पर्दैन ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा महामन्त्री शर्माले शुक्रबारको घटनामा पूर्वराजा शाह पूणरूपमा दोषी रहेको बताए । पूर्वराजालाई संविधानले नागरिकलाई दिएको हकभन्दा बढी दिएर राखिएको भए पनि उनले सम्मान गर्न नसकेको शर्माको भनाइ…