भ्रातृ संगठनको अधिवेशनमा आवश्यक सहयोग गर्न जिल्ला सभापतिलाई कांग्रेसको परिपत्र

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका ७७ वटै जिल्ला सभापतिहरूलाई पार्टीको भ्रातृ संगठनको अधिवेशन सम्पन्न गराउनको लागि आवश्यक सहयोग गर्न परिपत्र गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सबै जिल्ला सभापतिहरूलाई भ्रातृ संगठनको जिल्ला अधिवेशनमा आवश्यक सहयोग, समन्वय र सहजीकरणको लागि निर्देशन दिएका हुन् । महाधिवेशन हुन बाँकी रहेका भ्रातृ संस्थाहरूको केन्द्रीय महाधिवेशन आगामी चैत मसान्तभित्र गर्ने…