बेलायतकी अर्थमन्त्रीले दिइन् राजीनामा

लन्डन । बेलायतकी अर्थमन्त्री ट्युलिप सिद्दकीले राजीनामा दिएकी छिन् । बङ्गलादेशमा चलिरहेको भ्रष्टाचार विरोधी अनुसन्धानको विषयमा बढ्दो दबाबको बीचमा उनले पदबाट राजीनामा दिएको विश्लेषणहरू आइरहेका छन् । ट्युलिप बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाकी दिदीकी छोरी हुन् । हसिनासँगको आफ्नो पारिवारिक सम्बन्धले प्रधानमन्त्री किर स्टार्मर सरकारको कामकाजमा अवरोध उत्पन्न नगराओस् भनेर उनले राजीनामा दिएको बताइएको छ…