इजरायलले सिरियाका १५ वटा नौसैनिक जहाज माथि गर्‍यो आक्रमण

काठमाडौं । इजरायलले सिरियाको नौसैनिक जहाज माथि आक्रमण गरेको छ । इजरायलले गएराति अल–बायदा र लताकिया बन्दरगाहमा रहेका १५ वटा नौसैनिक जहाज माथि आक्रमण गरेको इजरायली सेनाले बताएका छन् । उनीहरुका अनुसार सिरियाली सैन्य तागतलाई कमजोर बनाउन आक्रमण गरिएको हो । आक्रमणका कारण जहाज र बन्दरगाहका केही भागहरूमा ठूलो क्षति भएको बीबीसीले जनाएको छ ।…