भारतद्वारा अन्तर्राष्ट्रिय उडान स्थगित

कोभिड-१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको छ । तीब्र रुपमा फैलिरहेको कोरोनाको जोखिम कम गर्न भारतले उडान स्थगित गरेको भारतीय उड्डयन अधिकारीहरूले जानकारी दिएका छन् । भारतको नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको परिपत्रअनुसार नागरिक उड्डयनसँग सम्बन्धित निकायबाट स्वीकृति लिएका…