साउदी अरबकी राजकुमारी र उहाँकी छोरी तीन वर्षपछि जेलमुक्त हुनुभएको छ । राजधानी रियादमा रहेको जेलबाट उहाँहरुलाई सरकारी अधिकारीहरुले मुक्त गरिदिएको मानव अधिकारवादी समूहले जनाएको छ । साउदी अरबको राज परिवारकी सदस्य ५७ वर्षीया बस्मा बिन्त साउद महिला अधिकारवादी र संवैधानिक राजतन्त्रका पक्षपातिको रुपमा चिनिनुहुन्छ । उहाँलाई सन् २०१९ को मार्चमा गिरफ्तार गरिएको थियो ।…