आमा, ६ छोरा र पाँच छोरीसहित एकै परिवारका १६ जना चार दिनदेखि बेपत्ता

सिन्धुली । सिन्धुलीमा एकै घरका लोपोन्मुख हायु परिवारका १६ जना चार दिनदेखि सम्पर्कविहीन भएका छन् । गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिक भण्डास विप्परकटेरीमा बिहीबार दिउसो सुँगुर काटेर खाएर एकै परिवारका १६ जना सम्पर्कविहीन भएपछि प्रहरी र स्थानीयले उनीहरूको खोजी कार्य तीव्र बनाएका छन् । सम्पर्कविहीन हुनेहरूमा घरमुली ५२ वर्षीया उर्मिला हायु, उहाँका छ भाइ छोरा, पाँच…