काठमाडौँ । सर्वोच्च अदालतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा इन्जिनियरको रूपमा कार्यरत सहसचिव अरुणकुमार रञ्जितकारलाई भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले सोमबार भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो । न्यायाधीशद्वय राउत र फुयाँलको संयुक्त इजलासले जेठ २० गतेदेखि निरन्तर सुनुवाइ गर्दै निसु तोकेको थियो…