ककनी । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत ककनी पुगेपछि स्थानीयबासिन्दाले उनलाई उत्साहपूर्वक पुष्पवृष्टिसहित स्वागत गरेका छन्। झण्डै एक दशकभन्दा बढी समयसम्म अस्तव्यस्त सडकका कारण सास्ती व्यहोरेका ककनीबासीले आफ्नो घर–आँगनमै पिच सडक पुगेपछि खुशी व्यक्त गर्दै डा. महतप्रति कृतज्ञता प्रकट गरेका हुन्। नेपाली कांग्रेस ककनीले मंगलबार आयोजना गरेको सडक निरीक्षण तथा अन्तरक्रिया…