कृषि ऐन ल्याउने सरकारको तयारी

चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताएका छन् । प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को आज यहाँ उद्घाटन गर्दै उनले सरकारले किसानको हितका लागि पहिलो पटक कृषि ऐन ल्याउन लागेको जानकारी दिए । उनले भने, “केही दिनभित्र ऐनलाई मन्त्रिपरिषद्बाट पारित गरेर संसदमा लैजाने…