काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सिमानामा १४ ठाउँमा रहेका परम्परागत व्यापारिक नाका पुनः सञ्चालन गर्ने सम्बन्धमा सीमा व्यवस्थापनसम्बन्धी सम्झौताअन्तर्गत नेपाल–चीनबीच सन् २०१९ मै हस्ताक्षर भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीकाे प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनुमतिपत्र (प्रवेश–पास)…