काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । कमलादीस्थित प्रज्ञा भवनमा यतिबेला निर्वाचनको चहलपहल बढेको छ । साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्दै छन् । बाँकी पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनमा हेमराज ढकाल र शिवप्रसाद घिमिरेको प्यानलबीच प्रतिस्पर्धा हुनेछ ।…