प्रतिक्रेट १५ रुपैयाँले बढ्यो अन्डाको मूल्य

काठमाडौं । अन्डाको मूल्य एक हप्तामै दुईपटक बढाइएको छ । भोलिदेखि लागु हुने गरी ठूलो र मिडियम साइजको अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको हो । नेपाल लेयर्स कुखुरा पालक संघले यसअघि यही पुस ५ गते पनि अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको थियो । यही अनुसार एक हप्तामै अन्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँ बढेको…