शरद् ऋतुमा हिमाल आराेहण गर्न १ हजार २०३ जनाले अनुमति लिए

काठमाडौं । यस वर्षको शरद् ऋतुमा नेपालका हिमाल आरोहणका लागि १ हजार २०३ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ५१ वटा हिमाल आरोहणका लागि ७८ देशका नागरिकले अनुमति लिएका हुन् । सबैभन्दा धेरै चीनबाट १०३ जना आरोहीले अनुमति लिएका छन् । यस्तै जर्मनीका १००, बेलायतका ९२ र फ्रान्सका ८२ जनाले अनुमति लिएका छन्…