काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक साताभित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)द्वारा आयोजित ‘विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले काम सम्पन्न गरेर भुक्तानी लिन बाँकी रहेका मन्त्रालय र अन्य निकायमा ढिलोमा एक सातामा भुक्तानी उपलब्ध गराइने…