भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले पुन: उडान सुरुवात गरेको छ । विमानस्थल सञ्चालनपछि पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको रुपमा व्यवसायिक उडान थालेको जजिरा एयरवेजले प्राविधिक कारण देखाउँदै स्थगित गरेको उडानशनिवारदेखि पुनः सुरु गरेको हो । शनिवार बिहान ७:४० बजे १७१ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको जजिराले १६८ यात्रु लिएर कुवेत प्रस्थान गरेको…