काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका तीन जना उम्मेदवारलाई बुधवारका लागि कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइए पनि उनीहरू फेरि अनुपस्थित भएका छन् । ९ बजे बोलाइएको अन्तर्वार्तामा तीनै जना अनुपस्थित भएको स्रोतले जनाएको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई यसअघि आइतबार कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो…