सुनको मूल्यमा ऐतिहासिक उछाल

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनको मूल्यमा भारी वृद्धि भएपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्यमा उल्लेख्य वृद्धि भई प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ ।…