बागमती प्रदेश सरकारले बलेफीमा ‘र्‍याफ्टिङ स्कूल’ स्थापना गर्ने

काठमाडौँ । बागमती प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–५ मा ‘र्‍याफ्टिङ स्कुल’ स्थापना गर्ने भएको छ । यसका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट काम अघि बढेको सचिव दीपेन्द्र सुवेदीले बताए । यो स्कुलमा ‘रिभर गाइड’ तालिम लिन अन्तरराष्ट्रियस्तरबाट पनि प्रशिक्षार्थी आउने उनले बताए । नेपालको भोटेकोशी र त्रिशूली नदी विश्वमै जलयात्राका लागि प्रसिद्ध…