अदालतको आदेशपछि महानगरले सुरु गर्‍यो न्यूरोडमा फुटपाथ विस्तारको काम

काठमाडौँ । उच्च अदालत पाटनबाट आदेश आएसँगै काठमाडौँ महानगरपालिकाले नयाँ सडक (न्युरोड)मा फुटपाथ विस्तारको काम सुरु गरेको छ । महानगरले बुधवार बिहानैदेखि फुटपाथ विस्तारको काम सुरु गरेको हो । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको थियो । यसरी रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश…