कसैको दबाबमा करको दर हेरफेर गरिएको होइन : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले कसैको दबाबमा करका दर हेरफेर नगरेको बताएका छन् । बुधबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले तथ्य केलाएर करका दर हेरफेर गरिएको बताएका हुन् । 'करका दर हेरफेर गर्दा हामीले तथ्य केलाएर गरेका छौँ । कसैको दबाबमा दर हेरफेर गरेका छैनौँ,' उनले भने…