बक्यौता किस्ताबन्दीमा बुझाउन विद्युत् प्राधिकरणले दियो ६० दिनको समय

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल रकम बुझाउन ६० दिनको समय दिएको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै तिर्न बाँकी बक्यौता रकम ६० दिनभित्र किस्तामा तिर्न सकिने बताएको छ । प्राधिकरणको सञ्चालक समितिको गएको १६ गते बसेको बैठकले बक्यौता रकम तिर्नका लागि किस्ताबन्दीको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । विशेष व्यवस्था अनुसार…