नाडाको अध्यक्षमा करण चौधरी

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन हुने भएका छन् । मंगलबार नाडाका पदाधिकारीसहितको बैठकले चौधरीलाई पूर्ण कार्यकालका लागि अध्यक्ष बनाउने सहमति गरेको नाडाका वर्तमान महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए । सीजी होल्डिङ्सका कार्यकारी निर्देशक चौधरीलाई प्रतिस्पर्धी गोल्छा ग्रुपका आकाश गोल्छा र सिप्रदी ट्रडिङका सीईओ राजनबाबु श्रेष्ठले समर्थन गरेका हुन् ।…