काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेका छन् । बुधबार बिहान बालुवाटारमा पर्यटन मन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ लाई भेटी सहयोग रकम हस्तान्तरण गरेका हुन् । यसरी सहयोग गर्नेहरुमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम,…