काठमाडौं । नेपालमा कृषि गर्ने जमिन घटेकाे र कृषि गर्ने जनसंख्या भने बढेको पाइएको छ । साताैं कृषि गणना २०७८ को तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले यस्तो जानकारी दिएको हाे । नयाँ विवरणअनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालकाे तुलनामा ३ लाख ८ हजार हेक्टरले कम…