काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ बिक्री गर्न लागेको शुक्रबार एक सूचनामार्फत जनाएको हो । बोलकबोल प्रक्रियाबाट बिक्री हुने विकास ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी,गैरबैङ्क वित्तीय संस्था,सङ्गठित संस्था…