काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । उक्त विधेयक पारित गर्नुअघि राष्ट्रिय सभामा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्न…