काठमाडौँ । काठमाडौँ–दिल्ली रुटतर्फ सातामा चार वटा उडान रोकिएपछि नेपाल वायुसेवा निगम भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न तयार भएको छ । सोमबार पर्यटन मन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा पर्यटन सचिव, क्यान र निगमका उच्च अधिकारीबिच बसेको बैठकमा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी भैरहवाबाट उडान गर्न तयार भएका हुन् । पर्यटन मन्त्री श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानले निर्धारण गरेबमोजिम…