काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिको विकाससँगै अवसरमात्रै नभएर चुनौती पनि थपिएको बताएका छन् । शनिबार आर्थिक पत्रकार समाज सेजन को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगले चुनौती थपिएको बताए । उनले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ ।…