काठमाडौं । सत्तारुढ दलभित्रैबाट चर्को आलोचना भए पनि सरकारले आगामी आर्थिक वर्षको बजेट संशोधनबिनै आज प्रतिनिधिसभाबाट पास गराउँदैछ । त्यसका लागि बिहान ११ प्रतिनिधिसभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ । विनियोजन विधेयकसहित मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिइसकेका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफू मातहतका कार्यालयको बजेटबाट उठेको प्रश्नको जवाफ दिएपछि…