अस्वस्थ प्रतिस्पर्धाले सिमेन्टको गुणस्तर खस्कियो

– समीरा भण्डारी – काठमाडौं । एकपटकको ढलान पूरै भत्काएर फेरि अर्काेपटक घर ढलान गर्दा पनि घरको छत सेट नभएपछि तुलसीपुर उपमहानगरपालिका–११ उरहरी ठूला गाउँका ५० वर्षीय बिजुली चौधरी यतिखेर तनावमा छन् । ३२ फिट चौडाइ र लम्बाइ साढे ३५ फिटको चार कोठे भवन मंसिरदेखि निर्माण थालेका चौधरीले पहिलोपटक २५ पुसमा घरको छत ढलान गरेको…