रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजित

काठमाडौं । सरकारले रेल मेट्रो रेल आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत उक्त कुरा बताएका हुन् । पूर्वपश्चिम रेलमार्गको बर्दिबास–निजगढ खण्डको निर्माण कार्यलाई तीव्रता दिइने अर्थमन्त्री शर्माले बताए । वीरगन्ज–काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रो रेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने…