क्रिप्टो करेन्सी कारोबारमा संलग्न चारविरुद्ध ३७ करोड ६४ लाख रुपैयाँ बिगोसहित मुद्दा

काठमाडौँ । राजश्व अनुसन्धान विभागले क्रिप्टो करेन्सीको कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ बिगो दाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । कैलालीको लम्किचुवा स्थायी घर भएका दिनेश खड्का, उनकी दिदी भगवती, बुबा नरबहादुर र साथी अनिता धितालविरुद्ध मुद्दा दायर गरिएको हो ।…