डा. महत अर्थमन्त्री बन्ने चर्चासँगै पूँजी बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने चर्चा सुरु भएपछि ओरोलो लागेको पूँजी बजारमा एकाएक सुधार देखिएको छ । पूँजी बजारप्रति सकारात्मक सोच भएका डा. महतलाई नेपाली कांग्रेसले अर्थमन्त्री बनाउने चर्चा चलेको छ । साताको कारोबारको पहिलो दिन आइतबारसम्म सेयर बजार ओरालो लागेको थियो । नेप्से परिसूचक २६.८७ अंकले घटेको थियो ।…