प्रधानमन्त्री दाहाल भोलि गोरखा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मंगलबार गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-सालिटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेत गोर्खा जाने कार्यक्रम छ । यस योजना अन्तर्गत पन्थहिटीदेखि सालिटारसम्मको…