काठमाडौं । नेपाली बजारमा मंगलबार सुन प्रतितोलामा तीन सय रूपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख २ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार १ लाख २ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ ।…