काठमाडौँ । हिजो दोहोरो अंकले वृद्धि भएको शेयर बजार आज पनि सकारात्मक देखिएको छ, नेप्से परिसूचक ९.१९ अंकले बढेर २,६३१.४८ विन्दुमा पुगेको छ। आज फाइनान्स, होटल, जलविद्युत् र अन्य समूहबाहेक सबै समूहको शेयर मूल्य बढेको छ, जसमा उत्पादन समूहको शेयर १.६३ प्रतिशतले उकालो लागेको छ। नेप्से वृद्धि भए पनि कारोबार रकममा भने कमी आएको छ।…