अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प

भैरहवा । इन्धन ढुवानी व्यवसायीले भाडा वृद्धिसहित तीन बुँदे माग गर्दै ढुवानी बन्द गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तराईका तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी) ले रक्सौलबाट उपलब्ध गराउँदै आएको हवाई इन्धन प्राविधिक कारणले उपलब्ध गराउन नसक्ने जनाउँदै डिपो स्थानान्तरण गरेपछि नेपालतर्फको इन्धन आयातमा समस्या सृजना भएको छ ।…