पूर्वाधार विकास समितिले ग्वार्को फ्लाइओभर निरीक्षण, पर्सीबाट सञ्चालन हुने तयारी

काठमाडौं । पूर्वाधार विकास समितिले ललितपुर ग्वार्कोस्थित फ्लाइओभरको स्थलगत अनुगमन गरेको छ। समितिका सभापति दीपक सिंहको संयोजकत्वमा भएको अनुगमनले निर्माण कार्यको प्रगति र गुणस्तरमा सकारात्मक सुधार देखाएको छ। निर्माणमा ढिलाइ भए पनि म्याद थपेर डिजाइनमा सुधार गरी फ्लाइओभरको काम सकिएको छ। आगामी ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।…