भाटभटेनीका २८ मध्ये २१ स्टोरमा क्षति, १२ वटा पूर्ण आगजनी

काठमाडौं । आगलागीबाट भाटभटेनी सुपर मार्केटका देशभर रहेका २८ मध्ये २१ स्टोरमा क्षति र १२ शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । जेन जी पुस्ताले गरेको आन्दोलनका क्रममा आगलागीबाट १२ शाखा स्टोर पूर्ण क्षति र नौ शाखामा लुटपाट र तोडफोड भएको भाटभटेनी सुपर मार्केटले जनाएको छ । सात वटा शाखामा भने कुनै क्षति भएको छैन…