काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हाे । आयोगले ६२ जना सहायक प्रबन्धक मागेको छ भने सहायक पदमा १५० जनाका लागि जागिरको अवसर छ । त्यस्तै, कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ…