काठमाण्डौ। लगातार गिरावटपछि शेयर बजार आज हरियो भएको छ। नेप्से परिसूचक आज ४४.२५ अंकले बढ्दै २,५४७.६० विन्दुमा पुगेको छ। सबै उप–समूहमा सुधार देखिएको छ। अन्य समूहको शेयर झण्डै ५ प्रतिशतले उकालो लागेको छ भने होटल तथा पर्यटन समूह ३.३५ प्रतिशतले, जलविद्युत्, लगानी र व्यापार समूह २ प्रतिशतभन्दा बढीले बढेका छन्। नेपाल माइक्रो इन्सुरेन्स, नेपाल रिइन्सुरेन्स…