काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिमको अध्यक्षमा डिमप्रसाद पौडेल चयन भएका छन् । सञ्चालक समितिको आज बसेको बैठकले पौडेल अध्यक्ष चयन गरेको हो । पौडेललाई सञ्चालक समितिको अध्यक्ष बन्ने गरी अर्थ मन्त्रालयले सञ्चालक सदस्यमा नियुक्त गरेको थियो । नेपाल वायुसेवा निगममा महाप्रबन्धक भइसकेका पौडेलले निजी क्षेत्रका विभिन्न कम्पनीको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।…