नेप्से १५.६४ अंकले घट्यो

काठमाडौं। शेयर बजार लगातार ओरालो लागेको छ। बुधबार पनि नेप्से सूचकांक १५.६४ अंकले घटेर २७२६.३३ मा झरेको छ। यसअघि मंगलबार सूचकांक १९ अंकले तल झरेको थियो। आज म्युचुअल फन्ड र व्यापार समूहबाहेक अरू सबै उपसमूह राताम्मे बनेका छन्। कुल २१३ कम्पनीका शेयर मूल्य घट्दा ३९ कम्पनीमा मात्रै वृद्धि भएको छ। लिबर्टी इनर्जीको मूल्य ७ प्रतिशतले…