काठमाडौं । सान्भि ईनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ। आज सोमबार दिउँसो ३ बजे बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङको कार्यालयमा बाँडफाँट गरिएको हो। गोलाप्रथामार्फत २ लाख ४१ हजार ५३० जना आवेदकले १० कित्ता दरले सेयर प्राप्त गरेका छन्। कम्पनीले जेठ ९ देखि १३ गतेसम्म १०० रुपैयाँ…