काठमाडौँ । हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ। दुवै मिर्गौला फेल भएर हाल उनी टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन्। एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन्। पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको कलाकार दिपाश्री निरौलाले जानकारी दिइन्। तर छोरीहरुले थाहा नपाऊन् भनेर आफ्नो रोग लुकाउँदै आएकी थिइन्।…