ओखलढुंगा सामुदायिक अस्पताललाई प्रथम सेवा विन्दु बनाउन सांसद खतिवडाको दौडधुप

काठमाडौं । ओखलढुंगा सामुदायिक अस्पताललाई पनि प्रथम सेवा विन्दु बनाउन ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने सांसद राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पहल गरेका छन् । ओखलढुंगाको मिसन अस्पतालमा उपचारका क्रममा बीमाको रकम उपलब्ध नहुने हुँदा बिरामी तथा सेवाग्राहीहरूले विभिन्न कठिनाइहरू भोग्नु पर्ने भएपछि सांसद खतिवडाले यस्तो पहल गरेका हुन् । गत असार ८ गतेबाट…