काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पाँचौ तथा अन्तिम खेलमा आज नेपालले घरेलु टोली मलेशियासँग खेल्दैछ । खेल क्वालालम्पुरमा नेपाली समयअनुसार बिहान पौने आठ बजे शुरू हुनेछ । पाँच खेलको शृङ्खलामा दुवै टोलीले समान २/२ खेल जितेका छन् । शृङ्खलाको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले विजयी…