तोकिएकै समयमा बैठकमा उपस्थित हुन मन्त्रीहरूलाई रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभाको बैठकमा समयमै उपस्थित हुन मन्त्रीहरूलाई रुलिङ गरेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको सुरुमै अध्यक्ष तिमल्सिनाले मन्त्रीहरूलाई समयमै बैठकमा उस्थित हुन रुलिङ गरेका हुन् । ‘संविधानले सरकारका मन्त्रीहरूलाई सामूहिक र व्यक्तिगत रुपमा संघीय संसद्प्रति उत्तरदायी हुने व्यवस्था गरेको छ । सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित्…