निर्वाचन आयोगले भन्यो: निलम्बित गाउँपालिका अध्यक्षले कुनै अधिकार प्रयोग गर्न पाउदैनन्

काठमाडौं । निलम्बनमा परेका कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय कुनै पनि अधिकार प्रयोग गर्न नपाउने भएका छन्। आईतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई पत्र लेख्दै उपाध्यायलाई कुनै पनि अधिकार प्रयोग गर्न नदिन निर्देशन दिएको हो। भ्रष्टाचार मुद्दा बिशेष अदालतमा भएका बेला गाउँ पालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई स्वत निलम्बनमा परेको भन्दै कुनै…