सर्वोच्चले फैसला गरेसँगै लोक सेवालाई परीक्षा सञ्चालन गर्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार कर्मचारी समायोजनसम्बन्धी मुद्दामा फैसला सुनाएपछि लोक सेवा आयोगलाई परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ । कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले लोक सेवा आयोगलाई परीक्षा रोक्नु भन्ने माग भएका सबै रिट निवेदन खारेज गरेको हो । यससँगै आयोगलाई…